हङकङ आर्थिक अपराधको अखडा बन्दै गएको अमेरिकी सांसदहरूको आरोप

एजेन्सी । अमेरिकी सांसदहरुले चीनको पकडमा रहेको हङकङ पछिल्लो समय आर्थिक आपराधिक केन्द्र बनेको भन्दै एशियाली वित्तीय केन्द्र हङकङसँग अमेरिकाको घनिष्ठ व्यापारिक सम्बन्ध पुनर्मूल्यांकन गर्न आह्वान गरेका छन्।

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनलाई लेखेको पत्रमा चीनसम्बन्धी हाउस सेलेक्ट कमिटीका द्विदलीय नेताहरूले हङकङको बहुचर्चित वित्तीय क्षेत्रको वासिङ्टनबाट व्यापक छानबिनको माग गरेका छन् । 

रुसमा नियन्त्रित पश्चिमी प्रविधिको निर्यात, इरानी तेल खरिदका लागि फ्रन्ट कम्पनीहरूको निर्माण र उत्तर कोरियासँग अवैध व्यापार मा संलग्न लगायत अवैध अभ्यासहरूमा हङकङ केन्द्र बनेकोे बताइएको छ ।  

सन् २०२० मा बेइजिङले ह«कङ शहरमा राष्ट्रिय सुरक्षा कानून लागू गरेयता हङकङ एक विश्वसनीय विश्वव्यापी वित्तीय केन्द्रबाट जनवादी गणतन्त्र चीन, इरान, रुस र उत्तर कोरियाको गहिरो अधिनायकवादी धुरीमा एक महत्वपूर्ण खेलाडीको रुपमा बिकास भएको अमेरिकी सांसदहरुको भनाई छ । 

प्रतिक्रिया