आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (मंगलबार) पनि घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाल सुन तोलामा २६०० रुपैयाँ घटेको हो  । यस सँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

सरकारले सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल दर घटाए पछि सुनको भाउ  घटेको हो । आइतबार प्रतितोला १ लाख ६७ हजार २०० रूपैयाँमा कारोबार भएको सुन सोमबार तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको थियो । 

त्यस्तै, चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८ सय ४५ रुपैयाँ रहेको चाँदी यस दिन १८ सय २० रुपैयाँ कायम भएको छ । 

 

प्रतिक्रिया