चीन, मेक्सिको र क्यानडा बाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडालाई थप कर लगाउने घोषणा गरेका छन् । 

जनावरी विसमा पद ग्रहण गरेपछि मेक्सिको र क्यानडा बााट अमेरिका जाने सबै उत्पादनमा पच्चिस प्रतिशत शुल्क लगाउने उनले घोषणा गरेका हुन् । लागूऔषध, अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई नरोके सम्म मेक्सिको र क्यानडा माथि लगाइएको कर नहट्ने ट्रम्पको चेतावनी छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले चीनमा थप शुल्क वृद्धि गर्ने बताएका छन् । ट्रम्पले अमेरिकामा आयात हुने सबै चिनियाँ सामानहरूमा थप दश प्रतिशत शुल्क लगाउने बताएका हुन् ।  चिनियाँ अधिकारीहरूले फेन्टानिलको कारोबार गर्दा पक्राउ परेका मानिसहरूलाई मृत्युदण्ड दिने प्रतिज्ञा पूरा गर्न असफल भएको भन्दै ट्रम्पले चीन सँग आक्रोश पोखेका छन् । 

आफ्नो चुनावी अभियानको क्रममा ट्रम्पले चीनमा निर्मित सबै उत्पादनहरूमा ६० प्रतिशत भन्दा धेरै शुल्क लगाउने बताएका थिए ।
 

प्रतिक्रिया