लेबनानमा इजरायल र हिजबुल्ला बीच युद्धविरामको तयारी

एजेन्सी । इजरायली मन्त्रिपरिषद्ले आज (मंगलबार) लेबनानमा युद्धविराम सम्झौतामा गर्ने भएको छ । 

सरकारले सम्झौतालाई सैद्धान्तिक रूपमा योजनालाई अनुमोदन गरे पछि संसदमा मतदान हुन लागेको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सुरक्षा परामर्शमा हिजबुल्लाह सँग उदीयमान युद्धविरामको लागि आफ्नो सम्भावित अनुमोदनको संकेत गरेका थिए । 

इजरायल र इरान समर्थित लेबनानी विद्रोही हिजबुल्लाह बीचको लडाइँ अन्त्य गर्न ६० दिनको युद्धविरामको प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । युद्धविरामको प्रस्तावमा दक्षिणी लेबनान बाट इजरायली सेना फिर्ता लिने र यस क्षेत्रमा हिजबुल्लाहको उपस्थितिको अन्त्य गर्ने उल्लेख छ । 

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युद्धविराम सम्झौताको नजिक पुगेको तर, अझै पूर्ण विश्वस्त भने नरहेको बताएका छन् । लेबनानको दीर्घकालीन सहयोगी मानिएका अमेरिका र फ्रान्सले युद्धविरामको लागि लामो समय देखि प्रयास गरिरहेका छन् । 
 

प्रतिक्रिया