ट्रम्प विरुद्धको सन् २०२० को चुनावलाई उल्टाउन खोजेको मुद्दा फिर्ता
एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध सन् २०२० को संघीय चुनावको नतिजा उल्ट्याउन खोजेको आरोप अदालतले खारेज गरेको छ ।
अवैध रूपमा सन् २०२० को चुनावलाई उल्टाउन खोजेको र वर्गीकृत दस्तावेजहरु आफू सँग राखेको आरोप सम्बन्धी मुद्दा संघीय न्यायाधीश तान्या चुटकनले खारेज गरेका हुन । न्यायाधीश चुटकनले ट्रम्पको दोस्रो कार्यकाल सकिएपछि पुनः आरोप दायर गर्न सकिने उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार मुद्दा खारेजी पछि ट्रम्पले आफू माथिका आरोप कानून विपरीत रहेको जिकिर गरेका छन । ट्रम्प विरुद्ध आपराधिक मुद्दा ल्याएका विशेष अभियोजक ज्याक स्मिथले नै न्याय विभागको नीतिको आधारमा आरोप खारेज गर्न आग्रह गरेका थिए । अमेरिकी न्याय विभागको नीति अनुसार कुनै व्यक्ति राष्ट्रपतिमा निर्वाचित भए सो व्यक्ति माथिको अभियोगमा प्रतिबन्ध लगाउने प्रावधान छ ।
केही दिनअघि एक अदालतले पोर्नस्टार स्टोर्मी ड्यानियल सँग जोडिएको मुद्दा अनिश्चितकालिनका लागि रद्द गरेको थियो । ट्रम्पले ह्वाइट हाउस छाडे पछि उनी विरुद्ध थुप्रै मुद्दा दायर भएका थिए । तर, ट्रम्पले ऐतिहासिक जित हासिल गरेर ह्वाइट हाउसको पुनरागमनलाई सुनिश्चित गरेपछि विस्तारै मुद्दा खारेज हुँदै गएका छन् ।
प्रतिक्रिया