बागमती मन्त्रिपरिषद्को बैठक : दुई सचिवलाई थप जिम्मेवारी
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ ।
उक्त बैठकले साविक सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरैलाई युवा तथा खेलकुद मन्त्रालयमा र उद्योग वाणिज्य भूमी तथा प्रशासनको मन्त्रालयका सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको थप जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
उक्त बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया