कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन : मन्त्री सुडी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर सुडीले कानुन बनाएर मात्रै महिला हिंसा न्यूनीकरण नहुने बताएका छन् ।
लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियानको आज उद्घाटन गर्दै मन्त्री सुडीले सकारात्मक सोच र समानताको मनोभाव जागृत गर्नुपर्ने धारणा राखेका थिए ।
राष्ट्रिय महिला आयोगले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री सुडीले अधिकार सम्पन्न महिला बनाउनु भनेको देशको विकास र समृद्धिको मार्ग खोल्नु भएको बताए । भन्छन, “महिलामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरण गर्न सरकारदेखि जनतासम्मको सक्रिय सहभागिता हुनुपर्छ ।”
हिंसा न्यूनीकरणका लागि समाजमा समानताको भावना जागृत गर्न आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया