धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् ।
उनले एमबीएसम्मको अध्ययन गरेका छन् । धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन रहँदै आएको थियो ।
प्रतिक्रिया