चौधरी ग्रुपको मुल गेटमा स्थानीयले गरे तालाबन्दी
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको नेपालकै प्रतिष्ठित चौधरी ग्रुप उद्योग ग्रामको मुल गेटमा स्थानीयले तालाबन्दी गरेका छन् ।
उद्योगबाट निस्कने प्रदूषण नियन्त्रणमा बेवास्था गरेको, उद्योगको धुलो र प्रदूषणले आजित भएका स्थानीयले सोमबार उद्योगको मुल गेटमा नै तालाबन्दी गरेका हुन् ।
विगत ५ दिनदेखि विभिन्न चरणको आन्दोलन गरेका स्थानीयले आफ्नो माग सम्बोधन गर्न उद्योग प्रशासनले चासो नदिएको भन्दै उद्योग परिसरमा तालाबन्दी गर्न बाध्य भएको सघर्ष समितिका संयोजक ठाकुर प्रसाद शर्मा बताउछन् ।
वर्षौदेखि प्रदूषण नियन्त्रणको लागि माग गरेपनि उद्योग प्रशासनले सम्झौता गर्ने तर कार्यान्वयन नगर्दा समस्या बढ्दै गएको भन्दै माग पूरा नभए थप संघर्षका कार्यक्रम गर्ने स्थानीयले चेतावनी दिएका छन् ।
प्रतिक्रिया