शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से परिसूचक २९ अंकले बढ्याे
लगातार दास्रो दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ४७ अंकले बढेर दुई हजार ४५ दशमलव ४५ विन्दुमा पुगेको हो । आज बजारसँगै कारोबार रकम पनि बढेको छ । ४२ लाख ३७ हजार कित्ता शेयर एक अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएका छन् । हिजो १ अर्ब ३३ करोडको कारोबार भएको थियो । सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्रिजको शेयर सात करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर साढे नौ प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आज सबैभन्दा धेरै सिटिजन्स सुपर ३० म्युचुअल फन्डको शेयर साढे सात प्रतिशतले ओरालो लागेको छ । आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, उत्पादन र व्यापार समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज कुल २०४ कम्पनीको मूल्य बढ्दा २० को घटेको छ । त्यस्तै ३ कम्पनीको मुल्य स्थिर रहेको छ ।
प्रतिक्रिया