दृष्टिबिहीन विश्वकप क्रिकेट : नेपालले अफगानिस्तानलाई दियो २२९ रनको लक्ष्य
काठमाडौं । दृष्टिबिहीन विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानसामु जितका लागि दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पाकिस्तानको लाहोरमा जारी दृष्टिबिहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज टस हारेपछि पहिल ब्याटिङ गर्न पुगेको हो ।
यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग तथा दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपालले मङ्गलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ ।
दृष्टिबिहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र दक्षिण अफ्रिका सहभागी छन् ।
प्रतिक्रिया