एमालेलाई काठमाडौं महानगरले इमेलबाट पठायो जरिवाना पत्र

काठमाडौं । एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा सडक र पेटीमा जथाभावी फोहोर गरेको भन्दै नेकपा एमालेलाई काठमाडौं महानगरले १ लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको थियो । आइतबार महानगरको प्रहरी टोली जरिवाना पत्र लिएर एमालेको केन्द्र्रिय कार्यालय पुगको थियो ।  

कार्यक्रम केन्द्रिय कमिटिलले आयोजना नगरको भन्दै पार्टी केन्द्रले पत्र बुझ्न नमानेपछि आइतबार नै इमेल र हुलाकमार्फत् एमालेलाई पत्र पठाइएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।

एमालेले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा गरेको थियो ।

प्रतिक्रिया