चीन भ्रमणबारे छलफल गर्दै प्रधानमन्त्री, बी.आर.आई सम्झौता मुख्य एजेण्डा

काठमाडौं । आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओली मंसिर १७ देखि पाँच दिने चीन भ्रमणमा जाँदैछन् । चीन भ्रमणका एजेण्डाबारे सुझाव लिनका लागि प्रधानमन्त्रीले यो बैठक राखेका हुन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेको बेलामा बीआरआई परियोजनाको विषयमा सत्तारुढ दलहरूबीच मतऐक्यता हुन सकिरहेको छैन । यही बिषयले गठबन्धनमा कुनै समस्या नआओस् भनेर दुवै दलको तर्फबाट गठित उच्चस्तरीय संयन्त्रले काम गरिरहेको छ ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीको राजनीतिक सल्लाहका विष्णु रिमाल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी छन् ।

प्रतिक्रिया