धरहराबाट एन.पी.एल.को ट्रफि सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एन.पी.एल.) को ट्रफी सार्वजनिक गरिएको छ  । सोमबार  प्रधानमन्त्री के.पी. शर्मा ओलीको  उपस्थितिमा  धरहरा परिसरबाट एन.पी.एल.को ट्रफी अनावरण गरिएको हो ।

ट्रफी अनाबरण कार्यक्रमलाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले आज नेपाली क्रिकेटको लागि बिशेष दिन भएको बताए । प्रधानमन्त्री ओलीले एन.पी.एल.ले नेपालको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका बिश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले सबै टीमका खेलाडीलाई शुभकामना समेत दिए । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि सरकार सधैँ खेलाडीको साथमा रहेको बताउँदै एनपिएलले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गरे । “क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो ।

यस लिगको माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्”,प्रधानमन्त्री ओलीले भने,“सरकार यहाँहरूकै साथमा छ । व्यक्तिगत रूपमा म सरकारमा  हुँदा वा नहुँदा जहिल्यै पनि मेरो रुचि र अपनत्व रहनेछ ।”

प्रधानमन्त्री ओलीले  यस खेलमार्फत युवा प्रतिभाको उजागर र नेपालीले अवसर पाएमा केही गर्छ भन्ने मान्यतालाई स्थापित होस् भन्ने कामना समेत गरे ।
 

प्रतिक्रिया