सुनको मूल्यमा भारी गिरावट, तोलाको १ लाख ५१ हजारमा कारोबार

काठमाडौ। नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। सरकारले सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको हो। महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि सुनको मूल्यमा गिरावट आएका हो। यसैगरी, चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत भएको छ।
आइतबार प्रतितोला एक लाख ६७ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज तोलाको १ लाख ५१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १ सय १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया