गण्डकी प्रदेश महोत्सव छ दिन थप
काठमाडौं । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव छ दिन थप गरिएको छ । मङ्सिर १० गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव मङ्सिर १६ गतेसम्म थप गरिएको महोत्सव मूल समितिले जनाएको छ । ‘महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको उपस्थिति बढ्दै गएको र अझै धेरै आउन बाँकी रहेकाले महोत्सव सञ्चालन हुने अवधि गरिएको आयोजकको भनाइ छ ।
सार्वजनिक बिदाको दिन, शनिबार तथा सोमबार महोत्सव स्थलमा दर्शकहरुको उपस्थिति राम्रो रहेकाले महोत्सव छ दिन थप गरिएको हो । कात्तिक २६ गतेदेखि सञ्चालन भएको दोस्रो संस्करणको महोत्सव परिसरमा निर्माण गरिएको नेपालकै पहिलो अन्डरवाटर फिस टनेल एवम् जनजातिहरुको सांस्कृतिक घरले दर्शकहरुलाई आकर्षण गर्दै लगेको छ ।
महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका छन । महोत्सवमा एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया