धरानको घण्टाघर घुम्न जाने पर्यटक बढदै
काठमाडौं । धरान उपमहानगरपालिका २ स्थित धरानको भानु चोक अवस्थित घन्टाघर घुम्न जाने पर्यटक बढेका छन । हङकङ मन्च नगर र मकाउका आप्रवासी नेपालीहरुको आर्थिक सहयोगमा निर्माण घण्टाघर धरानको एउटा घुम्ने आकर्षक ठाउँको रुपमा परिचित हुँदै गएको हो ।
घन्टाघर क्षेत्रका बगैँचा, भूकम्प स्मारक उद्यान आन्तरिक तथा बाह्य पर्यटकलाई अलमलिने, फोटो खिच्ने, आराम गर्ने गन्तव्य बनेका हुन । घन्टाघरमा दैनिक सरदर २ सय को हाराहारीमा मानिसहरु घुम्नका लागि पुग्ने गरेका छन ।
विदाका दिन भने यो संख्या दोब्बर हुने गर्दछ । घण्टाघर ५६ लाखको लागतमा निर्माण गरिएको हो । पाँच तला रहेको घन्टाघर ७६ दशमलबक ५ फिट अग्लो रहेको छ । घण्टाघरको परिधिमा २०४५ सालमा धरानमा गएको भूकम्पमा पीडितहरुको सम्झनामा स्मारक पनि बनाइएको छ ।
प्रतिक्रिया