काठमाडौं महानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने
काठमाडौं । यसैविच काठमाडौं महानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने जनाएको छ । १६ दिनसम्म अभियान सञ्चालन गरेरमात्रै कुनै उपलब्धि हासिल नहुने र यो नाटकीय हुने तर्क गर्दै महानगरपालिकाले अभियानअन्तर्गत कुनै गतिविधि नगर्ने उसले जनाएको हो ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा जारी विज्ञप्तीमा बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रममा राज्यसम्बद्ध निकाय र पदिाधिकारीहरूबाट असहयोग रहेको कारण लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गतका कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने निर्णय भएको उल्लेख छ ।
महानगरले लैङ्गिक हिंसा विरुद्धका वार्षिक कार्यक्रमहरु निरन्तर गरिरहेको जनाएको छ । वर्षैैभरी जोखिममा परेका, विशेष संरक्षणको आवश्यक भएका लगायतको उद्धार, संरक्षण, उपचार, कानूनी सहायता लगायतका कार्यक्रम गरेको महानगरले जनाएको छ ।
प्रतिक्रिया