स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । चितवनमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका–३ बस्ने सावित्री पोखरेलका–८ वर्षका छोरा आराम्भ पोखरेलको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
शनिबार कालिका–४ स्थित चित्रवन स्कुलको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस पिकनिक खाएर फर्किँदै गर्दा अपरान्ह कालिका–९ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा २८ जना घाइते भएका थिए । अन्य घाइतेहरु डिस्चार्जपछि घर फर्किएका छन् । स्कुलको आफ्नै बसमा चालकसहित ३२ जना सवार थिए । उपदङ्गगढीबाट पिकनिक खाएर फर्किँदै गर्दा ब्रेक फेल भएर बस दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया