सुन तस्करी प्रकरणमा सत्ता पक्ष नै संलग्न रहेको एमाले महासचिव पोखरेलको आरोप

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो सुन तस्करी प्रकरणमा सत्ता पक्ष नै संलग्न रहेको आरोप लगाएका छन । आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सुनको धन्दा सरकारले नै गर्छ भन्ने कुरा प्रस्ट भएको र सरकारकै योजनामा सुन तस्करी भएको बताएका हुन । महासचिव पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको तर निष्पक्ष छानबिन हुन नसकेको बताए । 
महासचिव पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु भएको बताए । ललिता निवासकोरु अनुसन्धान पनि शंकास्पद देखिएको उनको भनाइ छ । ललिता निवास प्रकरणमा मुछिएकालाई घरघरमा गएर अनुसन्धान तथा बयान लिएकोमा पनि महासचिव पोखरेलले सीआइबीको आलोचना गरे । सरकारले सुशासनको गफ हाँके पनि निष्पक्ष रूपमा काम गर्न नसकेको उनको भनाइ छ । 

प्रतिक्रिया