लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम
प्रेमनारायण आचार्य
अर्घाखाँची । अर्घाखाँचीमा बढ्दो आत्महत्या न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सचेतना कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय आत्महत्याका घटना बढ्दै जान थालेपछि र लागू औषधमा युवाहरूलाई लाग्नबाट बचाउन सचेतना कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए ।
शितगंगा नगर पालिकाको वडा नम्बर १० बोखरमा रहेको जनजागृती माध्यमिक विद्यालयमा सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्यनीकरण सम्बन्धी सचेतना कार्यक्रम आज आइतबार सम्पन्न भएको छ ।
सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख डिएसपी चक्र बहादुर मल्ल,सशस्त्र प्रहरीका डिएसपी भिमसेन बोहरा, प्रहरी निरिक्षम रबिन्द्र चन्द लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा जनप्रतीनिधी, स्थानीय भद्र, भलाद्मी, बुद्धिजिबी, शिक्षक, विद्यार्थी गरी १५० जनाको उपस्थीती रहेको थियो ।
प्रतिक्रिया