मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने भएका छन् । आज विहान बसेको बसेको मन्त्रिपरिषद बैठकले उनको भ्रमण स्वीकृत गरेको छ । राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता उनी अमेरिका जान लागेका हुन् । 
राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा हुँदैछ । ५ दिनसम्म अमेरिकामा रहेर उनी त्यतैबाट चीनको भ्रमणमा जाने तयारी छ ।  
 

प्रतिक्रिया