सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश जारी गरेको छ ।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भनी दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश डा. मनोज शर्माको इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो । सर्वोच्चले प्रसाईंलाई समेत अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
प्रसाइका छोरा निराजन प्रसाईंले मङ्सिरको ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्न अन्तरिम आदेशको माग गरेका थिए ।
प्रसाईंलाई साइबर अपराधको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंसिर ५ गते भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।
प्रतिक्रिया