उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ष्ट्रपतिको अनुमति

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ गतेको स्थानीय तहको उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् । 

उपनिर्वाचनमा सेना परिचालन गर्न मन्त्री परिषदको २०८१ म्ंसिर ६ गतेको निर्णय बमोजिम प्रधानमन्त्रीको २०८१ मंसिर ६ को सिफारिसमा  राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

निर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका हुन् । 

प्रतिक्रिया