प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
अधिकारीले प्रतिनिधि सभाको सचिव पदबाट आइतबार राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेका थिए । भोलिदेखि लागु हुनेगरी उनको स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया