जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने मन्त्रिपरिषदको निर्णय
सरकारले प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय लिएको हो । पर्यटनमन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
निधनको २ वर्षपछि सरकारले उपाधि दिएको हो । गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
२० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई।।’ बोलको गीत सर्वाधिक लोकप्रिय छ ।
सात दिनको युद्धविरामपछि इजरायलद्वारा गाजामा आक्रमण तिव्र
जाजरकोटमा अस्थायी आवास निर्माणका लागि ४६ करोड निकासा
जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीलाई भुक्तानी दिलाउनु पर्छः मन्त्री ज्…
सडकमा नारा लगाउँदैमा राजतन्त्र नफर्कने गृहमन्त्री श्रेष्ठको भनाइ
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

प्रतिक्रिया