एमालेद्वारा महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार
काठमाडौं । गत शुक्रबार सभा गरेर फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले लगाएको जरिवानाको पत्र बुझ्न नेकपा एमालेले महानगरको पत्र बुझ्न अस्वीकार गरेको छ ।
महानगरले एमालेले दरबारमार्गमा गरेको सभाका क्रममा फोहोर गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । महानगरले शुक्रबार नै जरिवाना गर्ने निर्णय गरेको थियो । तर त्यसको पत्र बुझाउन भने आइतबार महानगरको टोली ललितपुरको च्यासल स्थित एमालेको केन्द्रीय कार्यालयमा पुगेको थियो ।
तर उक्त कार्यक्रम एमालेको केन्द्रीय कार्यालयले नगरेको भन्दै पत्र बुझ्न नमिल्ने जवाफ एमाले कार्यालय सचिवले दिएका थिए । सो कार्यक्रम केन्द्रले नभई काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले गरेको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो । एमालेले शुक्रबार काठमाडौं उपत्यकास्तरीय प्रदर्शन तथा दरबारमार्ग स्थित सडकमा जागरण सभा आयोजना गरेको थियो ।
प्रतिक्रिया