मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा
काठमाडौं । काठमाडौंको सिनामङ्गलस्थित एक होटलमा मृत भेटिएका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली अनुसन्धान गर्न घटना स्थलमा पुगेको छ ।
उनीहरु दुबैजना आइतबार बिहान एकैठाउँमा मृत भेटिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार उनीहरु सिनामंगल स्थित परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आज एकै ठाउँमा मृत भेटिएका थिए । घटना थाहा पाए लगत्तै प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटना स्थल पुगेको थियो । त्यसपछि प्रहरीले फरेन्सिक विज्ञसहितको टोली झिकाएर अनुसन्धान सुरु गरेको हो ।
प्रवक्ता अधिकारीका अ अनुसार सुनसरीका अन्दाजी ३४ वर्षीय रमेश माझी र पासपोर्ट बाट नाम खुल्न आएको मोरङकी वर्ष अन्दाजी २९ की शर्मिला कुमारी माझी उक्त होटलको कोठा नम्बर १२० को अगाडि बरन्डाको रेलिङमा सेतो कपडाको सलले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । उनीहरू शनिबार बेलुकी अन्दाजी १८ः४५ बजेको समयमा उक्त होटलको चौथो तलाको कोठा नम्बर १२० भाडामा लिइ बसेको होटलको दर्ता किताबमा दर्ता गरेको पाइएको छ ।
प्रतिक्रिया