प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित
प्रतिनिधिसभाको बैठक आजपनि बस्दै नबसी स्थगित भएको छ । दिउँसो तीन बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित भएको हो ।सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरेर नेकपा एमालेले गएको साउन १० गतेदेखि निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । हिजो सोमवार राति सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएपछि आज संसद् खुल्ने अनुमान थियो । तर दलहरुविच छलफल टुंगिन बाँकी रहेकाले सङ्घीय संसद्का महासचिव भरतराज गौतमले विशेष कारणले बैठक बस्न नसकेको जानकारी दिए । अर्को बैठक बुधवार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।यसैबीच सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ । सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो ।
प्रतिक्रिया