दुर्गा प्रसाईंलाइ म्याद थपका लागि अदालतमा उपस्थित गराइयो
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीका बारे सामाजिक संजालमा भ्रामक प्रचार गरेको भन्दै पक्राउ परेका मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।
यही मंसिर ४ गते भक्तपुर निवासबाट पक्राउ परेका प्रसाईंलाई यसअघि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएकोमा उक्त म्याद सकिएपछि आज पुनः म्याद थपको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको हो ।
प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भन्दै सामाजिक संजाल मार्फत सार्वजनिक गरेका थिए । प्रसाईंले सार्वजनिक गरेको सो समाचार झुठो र भ्रामक भएको बताइएको छ ।
प्रतिक्रिया