दुर्गा प्रसाईंबारे बन्दी प्रत्यक्षीकरणको रिटको पेसी न्यायाधीश मनोज शर्माको इजलासमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबारे दर्ता भएको  रिट निवेदको सुनुवाइ आजै हुने भएको छ ।

सो रिट न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकिएको छ।प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओली विरुद्ध मिथ्या र गलत सामग्री सहित  दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंसिर ४ गते  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले  भक्तपुर निवासबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौंले प्रहरी हिरासतमा राख्न अन’मति दिएको थियो । 

प्रसाईंले  प्रधानमन्त्री ओलीको कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा  २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भन्दै सामाजिक संजाल मार्फत सार्वजनिक गरेका थिए । प्रसाईंले सार्वजनिक गरेको सो समाचार झुठो र भ्रामक भएको बताइएको छ । 

प्रतिक्रिया