नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा अन्तर्वार्ता हुँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीन जना सँग अन्तर्वार्ता अर्थ मन्त्रालयमा हुँदै छ । 

अध्यक्ष सिफारिस समितिले उनीहरूलाई आज (आइतबार) पुनः अन्तर्वार्ता र प्रस्तुतीकरणको निम्ति बोलाएको हो । यसअघि अन्तवार्तामा अनुपस्थित रहेका प्रतिस्पर्धी समेत आज सहभागी भएका छन् । असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय थियो । तर, समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी परेको भन्दै अन्तर्वार्ता तथा प्रस्तुतीकरण स्थगन गरिएको थियो ।

पहिलो पटक र दोस्रो पटक नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल बिमा प्राधिकरण तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्तामा सहभागी भएका थिएनन् । उनीहरूले दुई पटक सम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेपछि बोर्डको अध्यक्ष छनोटमा समस्या आएको थियो । 

यी तीन जनालाई सिफासिस समितिले पुनः सूचना निकालेर अन्तर्वार्तामा बोलाएको हो । धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्ष विहीन छ । 

प्रतिक्रिया