नरदेवीको १२ वर्षे नरदेवी श्वेतकाली देवीनाच सम्पन्न

काठमाडौं । नरदेवीको १२ वर्षे नरदेवी ‘ङतभुलु अजिमा’ अर्थात श्वेतकाली देवीनाच सकिएको छ । 

नाचको अन्तिम दिन शनिबार काठमाडौंको हनुमान ढोका दरबार परिसरमा रहेको कालभैरव मन्दिर अगाडि नरदेवी ‘ङतभुलु अजिमा’ नृत्य प्रस्तुत गरिएको छ । 

शनिबार कात्तिक शुक्ल पक्ष भैरव अष्टमी समेत परेकाले कालभैरव अगाडि उक्त नृत्य प्रस्तुत गरिएको हो ।  हरेक १२ वर्षमा नचाइने ‘ङतभुलु अजिमा’ नाच २०६६ सालपछि यो वर्ष प्रस्तुत भइरहेको हो । यो जात्रा नरदेवी र यस क्षेत्रका सबै टोलमा घुमाउन लगिन्छ । 

१२ वर्षमा बाहेक हरेक वर्ष जात्रामा १२ जना देवीदेवताको नृत्य निकालिन्छ । तर, १२ औँ वर्षमा भने १७ जना देवी देवताको नाच प्रस्तुत गर्ने चलन रहेको छ । 

प्रतिक्रिया