इण्डियन प्रिमियर लिग २०२५ को लागि खेलाडीको मेगा अक्सन हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिगको २०२५ को लागि खेलाडीको मेगा अक्सन आज (आइतबार) हुँदै छ । 

इण्डियन प्रिमियर लिगको मेगा अक्सन यस पटक साउदी अरबको शहर जेद्दामा आइतबार र सोमबार दुई दिन हुनेछ । अक्सनका लागि ३ सय ६६ भारतीय र २ सय ८ विदेशी खेलाडी सहित ५ सय ७४ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ । 

यी खेलाडी बाट इण्डियन प्रिमियर लिग फ्रेन्चाइजीहरुले २ सय ४ खेलाडी छनौट गर्ने छन् । अक्सनमा २०४ खेलाडीका लागि १० फ्रेन्चाइजीहरुले कुल ५ अर्ब ५१ करोड ७० लाख खर्च गर्ने भएका छन् ।  यस अक्सनमा ८१ खेलाडीको आधार मूल्य २ करोड भारतीय रुपैयाँ रहेको छ । 

अक्सनमा सबै भन्दा पहिला १२ मार्की खेलाडीहरूको अक्सन हुनेछन । मार्की खेलाडीलाई ६–६ खेलाडीको दुई सेट बनाइएको छ भने उनीहरुको आधार मुल्य २ करोड भारतीय रुपैयाँ रहेको छ । पहिलो सेटमा इङ्ल्यान्डका ब्याट्सम्यान जोस बटलर, भारतका श्रेयस अय्यर, ऋषभ पन्त र अर्शदीप सिंह, दक्षिण अफ्रीकाका कागिसो रबाडा र अस्ट्रेलियाका मिचेल स्टार्क रहेका छन् । 

दोस्रो सेटमा भारतका युजवेन्द्र चहल, केएल राहुल, मोहम्मद शामी र मोहम्मद सिराज, इङल्याण्डका लियम लिभिङस्टोन र दक्षिण अफ्रिकाका डेभिड मिलर  छन् । 
 

प्रतिक्रिया