‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
सिन्धुपाल्चोक । साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले शुरु गरेको ‘ड्रागन फ्रुट’ खेती बाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् ।
५ रोपनीमा ३० लगानी गरेर खेती शुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरे । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले माग अनुसार आपूर्ति गर्न आफूलाई हम्म्मे हम्मे परेको उनी बताउछन् ।
विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक १२ देखि १५ लाख सम्म कमाउन सकिने उनको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उनले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाए । वर्षको दुई पटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो ५ सय भन्दा बढीमा बिक्री हुने गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि ४ लाख सहयोग गरेको छ । एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम गर्नु नपर्ने र रोपेको दुई वर्ष देखि लगातार लामो समय सम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेती बाट प्रशस्त आम्दानी हुने उनी बताउँछन् ।
रासस
प्रतिक्रिया