म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोले उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गरिएको हो ।
म्याद थपका लागि रविलाई अदालत पेश गर्न लागिएको यो पाँचौँ पटक हो । रवि सँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्व डि.आई.जी. छविलाल जोशी, गितेन्द्रबाबु राई जिबी राई सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि आज अदालतमा उपस्थित गराइँदैछ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालय मार्फत २५ दिनको म्याद थपको अनुमति माग्ने तयारी गरेको छ । रविलाई म्याद थप पछि यहीँ हप्ता काठमाडौं लेराउने तयारी कास्की प्रहरीको छ ।
प्रतिक्रिया