कोप-१९ : विकसित राष्ट्रले विकासशील राष्ट्रलाई वार्षिक ३ सय बिलियन सहयोग गर्ने सहमति
काठमाडौं । जलवायु परिवर्तन सँग जुध्न विकसित देशहरुले विकासोन्मुख देशहरुलाई अबको १० वर्ष सम्म वर्षेनी तीन सय बिलियन अमेरिकी डलर सहयोग गर्ने सहमत भएका छन् ।
अजरबैजानको बाकु शहरमा भएको विश्व जलवायु सम्मेलन कोप–२९ मा धनी देहरुले सन् २०२५ देखि २०३५ सम्म वर्षेनि तीन सय बिलियन डलरका दरले रकम दिने सहमति जुटेको हो ।
दुई सय ५० बिलियन डलर मात्रै दिने मस्यौदा सार्वजनिक भएपछि सम्मेलन स्थलमै गरिब देशहरुले प्रदर्शन गरेका थिए । गरिब देशहरुको दबाब पछि ३३ घण्टा सम्म चलेको वार्तामा धनी देशहरुले तीन सय डलरमा सहमत भएका हुन् । कोषमा धनी देशका सरकारले प्रत्यक्ष भुक्तानी नगरी सार्वजनिक र निजी स्रोतहरु समेत समाबेश गरिएको छ ।
सम्मेलनमा कार्बन क्रेडिट खरिद–बिक्री गर्ने विश्वव्यापी बजारका नियमहरूमा पनि सहमति भएको छ । यस बाट विश्वव्यापी तापमान वृद्धिलाई कम गर्न मद्दत गर्ने नयाँ परियोजनाहरूमा थप लगानी जुटाउन सक्ने बताइएको छ ।
यस्तै, कोप २९ को प्रतिवेदनमा नेपालले महत्वको साथ उठाएको पर्वतीय मुद्दा कोपको प्रतिवेदनमा समेटिएको छ । जीवाष्म इन्धनको प्रयोगलाई कम गर्ने सहमतीमा सम्झौता गर्न भने कोपा २९ असफल भएको छ ।
प्रतिक्रिया