कांग्रेसको ‘जनतासँग कांग्रेस अभियान’ स्थगित

नेपाली कांग्रेसले ‘जनतासँग कांग्रेस अभियान’ स्थगित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही आज विहान बसेको पदाधिकारी बैठकले भदौ १० देखि २४ सम्म सञ्चालन गर्ने भनिएको अभियान स्थगित गर्ने निर्णय गरेको हो । संसद चलिरहेको र बर्षाको समय भएकाले अभियान स्थगित गर्ने निर्णय पदाधिकारी बैठकले गरेको हो । अभियानको केही समयमै अर्को मिति तय तय गरिने नेताहरुले बताएका छन । बैठकले साउन २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियान भने प्रभावकारी भएको निस्कर्ष निकालेको छ । बैठकमा पार्टीका भ्रातृ संगठनलाई पनि पूर्णता दिएर प्रभावकारी बनाउने विषयमापनि छलफल भएको बताइएको छ । महिला संघ, नेपाल विद्यार्थी संघ लगायतमा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया