चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दै

काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठक आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । 

चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजेपछि बैठक बोलाइएको छ । बैठकमा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षा देखि चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधि सम्बन्धी विषयमा छलफल हुनेछ । 

प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिस सम्बन्धी विषय, आर्थिक वर्ष २०८१र÷८२ का लागि स्वीकृत आयोगको वार्षिक बजेट तथा कार्यक्रम संशोधन, चिकित्सा शिक्षा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमका लागि दिइएको छात्रवृत्ति र सञ्चालन खर्चको मापदण्ड स्वीकृतिपनि छलफलका एजेण्डा छन् ।

निजी मेडिकल कलेजमा स्नातकोत्तर तह ‘पि.जी.’ भर्नाका विषयले भने प्रवेश नपाउने बताइएको छ । पि.जी.को भर्नाका विषयमा यस पटक निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोग बीच विवाद उत्पन्न हुँदा ७ सय ५० विद्यार्थी पि.जी. अध्ययन गर्न बाट वञ्चित हुनुपर्ने अवस्था छ ।

प्रतिक्रिया