उप-निर्वाचनमा कांग्रेस, एमाले र माओवादी लगायत स्वतन्त्र उम्मेदवार प्रचारमा
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उप-निर्वाचनमा मुख्य दलहरू कांग्रेस, एमाले र माओवादी लगायत स्वतन्त्र उम्मेदवार प्रचारमा जुटेका छन् ।
एक अर्काको गढ भत्काउने र आफ्नो वर्चस्व कायम राख्ने लक्ष्य लिएर दलहरु पार्टीका केन्द्रीय तहका नेताहरु समेत सहभागी भएर चुनावी अभियानमा जुटेका हुन् । उप-निर्वाचनलाई मुख्य दलहरूले २०८४ मा हुने निर्वाचनको प्रक्षेपणका रूपमा लिएका छन् ।
देशभर स्थानीय तहका ४१ पदमा आगामी १६ गते उप-निर्वाचन हुँदै छ । ४१ पदका लागि हुने निर्वाचनमा ३ सय ७६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । चुनावका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएका छन ।
उप-निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भइसकेका छन् ।
यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया