रवि लामिछानेलाई आज म्याद थपका लागि अदालत लगिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज(आइतबार) जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ ।
सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोले उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो ।
काठमाडौं र चितवन बाट पनि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थप गरेर क्रमशः उनलाई काठमाडौं र चितवन लाने प्रहरीको तयारी रहेको बताइएको छ ।
लामिछानेलाई काठमाडौंको कालीमाटी स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएको छ ।यसअघि उनलाई रुपन्देहीको बुटवल स्थित सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा पोखरा बाट रुपन्देही लगेर बयान लिइएको थियो ।
प्रतिक्रिया