एकीकृत समाजवादीको छायाँले गर्दा एमाले सर्वदलिय बैठकमा आएन: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एकीकृत समाजवादीको छायाँका कारण राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नेकपा एमाले नगएको दाबी गरेका छन । आज पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले माधव नेपालको छायाँ बैठकमा परेकाले एमालेका नेताहरु अनुपस्थित भएको बताएका हुन । अध्यक्ष नेपालले आफूहरुसँग त्यस्तो संकिर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुहरुमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताए । 
अध्यक्ष नेपालले तत्कालिन नेकपा एमालेबाट बिद्रोह गर्नु उचित र जायज भएको बताए । उनले आजसम्मका घटनाक्रमहरुले आफूहरुले विगतमा गरेको बिद्रोह जायज थियो भन्ने कुरालाई बारम्बार पुष्टि हुँदै आएको उल्लेख गरेका हुन ।  बिद्रोह औचित्यपूर्ण रहेको कुरामा स्पष्ट हुन केन्द्रिय सदस्यहरुलाई उनले आग्रह गरे ।केन्द्रीय समिति बैठकले पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय  गर्नेछ । 
 

प्रतिक्रिया