महाराष्ट्रमा सत्तारुढ भा.ज.पा. नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत
एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले भारतको महाराष्ट्रको निर्वाचनमा बहुमत हासिल गरेको छ ।
जित सँगै प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक विजय’ भएको बताएका छन् । महायुतिले महाराष्ट्र विधानसभा चुनावमा २ सय ८८ सिट मध्ये २ सय ३० सिटमा जित हासिल गरेको छ । विपक्षी गडबन्धन महाविकास अघाडीले ५० सिटमा जित हासिल गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार महाराष्ट्रमा विभाजनको राजनीतिले महाराष्ट्रको चुनावी परिणाम पनि प्रभावित हुने आकलन गरिएको थियो । तर, त्यसविपरीत चुनावमा सत्तारूढ गठबन्धनले सहज जित निकालेको हो ।
त्यसैगरी, झारखण्डमा झारखण्ड मुक्तिमोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ५६ सिट जित्ने देखिएको छ जे.एम.एम. एक्लैले ३४ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेसले १६, राष्ट्रिय जनता दलले चार र भा.क.पा. मालेले २ सिट जितेको छ ।
झारखण्डमा विपक्षी भा.ज.पा.ले २२ सिट मात्रै जितेको छ । हेमन्त सोरेन जे.एम.एम. नेतृत्वको गठबन्धनको नेतृत्वमा झारखण्डको मुख्यमन्त्रीको रूपमा फर्कने तयारीमा छन् ।
प्रतिक्रिया