१७ घण्टापछि सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक खण्ड
मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । हिजो सोमवार राति पहिरो खसेर बन्द भएको सडक झन्डै १७ घण्टापछि सञ्चालनमा आएको हो ।
हिजो राति ८ बजेतिर खसेको पहिरोका कारण पूर्णरूपमा बन्द भएको सडक केही बेरअघि आज दिउँसो एक बजेवाट सञ्चालनमा आएको हो । कालिखोला नजिकको सिङै डाडा सडकमा खसेर करिव ५० मिटर सडक पुरिएपछि सडक अबरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
प्रतिक्रिया