माओवादी नेता पदम राईको निधन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ । 

पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको हो । 

भोजपुर षडानन्द नगरपालिका बोयाका उनी हाल माओवादीका केन्द्रीय सदस्य थिए । 

राई तत्कालीन एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यतिर लागेका थिए । वैद्यको पार्टी फुटेपछि उनले नेत्रविक्रम चन्द ‘विप्लव’लाई साथ दिएका थिए ।

तर पछि उनी माओवादीमा फर्किएका थिए । उनको अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको छ ।

प्रतिक्रिया