गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

एजेन्सी । गाजामा शनिबार भएको इजरायली हमलामा कम्तीमा छ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । 

एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा पट्टीमा इजरायली हवाई आक्रमणले निम्त्याएको नरसंहारमा १९ जनाको मृत्यु भएको र ४० जना भन्दा  बढी घाइते भएको बताए ।

आक्रमणले उत्तरी गाजाको जेइतुनको घरमा प्रहार गर्दा तीन जना बालबालिका सहित सात जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको जनाइएको छ ।   

एएफपिटिभीको फुटेजमा मानिसहरूले अन्धकारमा टर्च तथा मोबाइल फोन प्रयोग गरेर भग्नावशेषमा खोज तलास गरिरहेको देखाएको छ ।   

खान युनूस सहरमा भएको आक्रमणमा तीन बालकसहित ६ जनाको मृत्यु भएको तथा २६  जना विस्थापित भएको बासलले बताएका थिए ।

गाजा पट्टीको नुसेइराटमा एउटा घरमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको तथा दक्षिणी सिमानाको रफाहमा भएको ट्याङ्क फायरमा दुई जनाको मृत्यु भएको उनी बताउछन् ।

प्रतिक्रिया