यहि ढंगले काम गरे सरकार ढल्ने नढल्ने कांग्रेसले निर्णय गर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि काम गर्ने गति बढाउनुपर्ने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस लहान कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले बीआरआईमात्रै नभएर अरु पनि विदेशी ऋण थुपारेर विकास योजना ल्याउने पक्षमा कांग्रेस नरहेको स्पष्ट पारेका हुन् ।

मधेश सरकारमा अब कांग्रेसको मुख्यमन्त्री बन्ने बताउँदै उनले भने जनमत पार्टी नेतृत्वको सरकारको विकल्प खोजिन्छ ।

उनले भने, ‘कांग्रेसले अहिलेसम्म मधेशमा मुख्यमन्त्री पाएको छैन । मधेश प्रदेश सरकारको विकल्प खोजिनेछ । कांग्रेस नेतृत्वमा बनाउनुपर्छ । एमाले, कांग्रेस र लोसपा मिल्दा सहजै बन्छ । अहिले मुख्यमन्त्री केन्द्रीय सरकारको कारणले राखेका छौं, तर जेजति काम गराइ भइरहेको छ, त्यो चित्त बुझ्दो छैन ।’

अहिले नै यो सरकार नढल्ने र यही ढंगले काम गरे कांग्रेसले निर्णय गरेर अघि बढ्ने समेत उनको भनाइ छ ।

प्रतिक्रिया