दुबै खुट्टा बाँधिएको अवस्थामा किशोरीको शव फेला
काठमाडौं । धनुषामा घाँटीमा हतियार प्रहार र खुट्टा बाँधिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।
कमला नगरपालिका– २ र जनकनन्दनी गाउँपालिका– ४ को बीचमा पर्ने नहरमा बोरामा बाँधेर फालिएको अवस्थामा अन्दाजी १८ वर्षीया किशोरीको शव फेला परेको हो ।
नहरमा प्रहरीले किशोरीको घाँटीमा धारिलो हतियार प्रहार भएको र दुबै खुट्टा बाँधिएको अवस्थामा किशोरीको शव फेला परेको जानकारी दिएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको टोली पुगेर अनुसन्धान गरिरहेको छ । किशोरीको पहिचान भने हुन सकेको छैन ।
प्रतिक्रिया