उप-निर्वाचन : प्रचारप्रसारको लागी रा.स्व.पा.को घरदैलो अभियान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसार गर्नेक्रममा आजबाट घरदैलो अभियान शुरु गरेको छ ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन लक्षित दलहरुले प्रचारप्रसारलाई तीव्र बनाइरहेका बेला रास्वपाले पनि घरदैलोलगायत रचनात्मक विरोध शुरु गरेको हो । पार्टी सभापति रवि लामिछानेलाई राज्यबाट प्रतिशोध साँधिएको भन्दै जनतालाई बुझाउनुका साथै उपनिर्वाचनको प्रचार एकैसाथ थालिएको पार्टीले जनाएको छ ।
रास्वपाले यसअघि सहकारी प्रकरणमा लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान हुनुपर्ने माग राखी आज देखि सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो । तर प्रदर्शन गर्न नहुने बरु रचनात्मक आन्दोलनमा लाग्नुपर्ने आवाज नेताहरुले उठाएपछि रास्वपाले उपनिर्वाचनलक्षित घरदैलो अभियान थालेको हो ।
प्रतिक्रिया