महाराष्ट्रमा बि.जे.पी. नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता

एजेन्सी । महाराष्ट्रमा नोभेम्बर २० मा सम्पन्न विधानसभा निर्वाचनको मत गणना शुरू भएको छ ।

प्रारम्भिक मत गणना अनुसार महाराष्ट्रमा मुख्य चुनावी प्रतिस्पर्धा सत्तारुढ महायुति र विपक्षी महा विकास अघाडी बीच छ । 

महायुतिमा भा.ज.पा., एकनाथ शिन्देको शिवसेना र अजित पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एन.सी.पी.) छन् । महाविकास अघाडी (एम.भि.ए.) मा उद्धव ठाकरे नेतृत्वको शिवसेना (यू.बी.टी.), शरदचन्द्र पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एन.सि.पी.) र भारतीय काङ्ग्रेस पार्टी समावेश छन्।

प्रारम्भिक मतगणना अनुसार माहायुती गठबन्धन अन्तर्गत बि.जे.पी.को १२४, शिवसेनाको ५५ र अजित पवार नेतृत्वको एन.सी.पी. ३७ सीट गरी २१६ स्थानमा अग्रता कायम गरेका छन् । 

त्यसैगरी एन.भि.ए. गठबन्धन अनतर्गत काङ्ग्रेसको १९, शरदचन्द्र पवार नेतृत्वको एन.सि.पी. १३ र उद्धव ठाकरे नेतृत्वको शिवसेना (यू.बी.टी.)ले २० सीट गरी ५२ स्थानमा अग्रता कायम गरेका छन् । 

महाराष्ट्रका नोभेम्बर २० मा २८८ विधानसभा सीटका लागि भएको निर्वाचन बाट चार हजार भन्दा बढी उम्मेदवारहरूको भाग्यको फैसला हुनेछ । 

सन् २०१४ को विधानसभा चुनावमा शिवसेनाले ५६, एन.सि.पी.ले ५४ र काङ्ग्रेसले ४४ सिट गरी १४४ सीट जितेका थिए ।
रासस 

प्रतिक्रिया